यस्तो छ रवि लामिछाने विरुद्धको पक्राउ पुर्जी

दियोपोस्ट संवाददाता

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न भएको पाइएपछि रास्वपा सभापति रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र उपत्यका अपराध अनुसन्धान कार्यालयलाई लामिछानेलाई पक्राउ गरि कास्की पठाइदिन पत्राचार गरेको छ ।
कास्की प्रहरीमा नयाँ नेतृत्व आएसँगै लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसअघि कास्की प्रहरी प्रमुख मोहन थापा हुँदा लामिछानेले उन्मुक्ति पाएका थिए । हाल एसपी श्याम ओलिया आएपछि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यस्तो छ पक्राउ पुर्जी

सम्बन्धित खबर