
काठमाडौं । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लीमा अपचलन गरेको अभियोगमा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गरेपछि रास्वपा कार्यालयमा नाराबाजी भइरहेको छ । कार्यकर्ताहरुले केपी चोर देश छोड भन्दै चर्को नारा लगाएका छन् ।
जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो ।