गण्डकीमा मनाङेले छोडेको वन मन्त्रालयमा पौडेल नियुक्त

दियोपोस्ट संवाददाता

काठमाडौं । गण्डकी प्रदेश सरकारमा रिक्त वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् ।

सोमबार साढे ४ बजे उनले पद तथा गोपनीयताको शपथ लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गत भदौ १७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्दा तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री दीपक मनाङे ९राजीव गुरुङ०लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनी नेपाली कांग्रेसमा शेखर कोइराला निकट हुन् ।

तर, त्यसमा असन्तुष्टि जनाउँदै मनाङेले राजीनामा दिएका थिए ।

सिफारिस