
काठमाडौं । काठमाडौंको सितापाइलामा पार्क गरेर राखिएको कार अचानक आगलागी भएको छ ।
नेपालमा एमएडब्लु मोटर्सले आयात गरेको सेरेस थ्री मोडलको विद्युतीय गाडी आगलागी भएको हो ।
सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिएको बागमती प्रदेश ०१–०२९ च ५९५० नम्बरको उक्त गाडी आगलागी भएको हो ।
सिआरभी सीतापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलले उक्त गाडी आगलागीपछि मुचुल्का उठाइएको बताए ।
कम्पनिबारे उनले डिटेलमा खुलाउन भने सकेनन् । तर, प्रत्यक्षदर्शीका अनुसार उक्त गाडीको स्वरुम अगाडी नै आगलागी भएको हो ।
उक्त गाडी आयात गर्ने कम्पनिका मालिक विष्णु अग्रवाल हुन् ।
आगलागीबाट कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । नेपालमा भित्रिएका विद्युतिय गाडीहरु मध्ये सेरेस ३ गाडी सबैभन्दा जोखिमपूर्ण रहेको सेवाग्राही बताउँछन् ।
एमएडब्लुले नेपालमा यस्ता धरापपूर्ण कारहरु साढे ४५ लाख रुपैयाँमा विक्री गर्दै आएको छ ।