काठमाडौ आएको भिस्ताराको जहाजमा बम रहेको सूचना, अवतरण गरेर जाँच हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौं । भिस्तारा एयरको बिमानमा बम राखिएको धम्कीपूर्ण सूचना आएलगत्तै काठमाडौंमा अवतरण भएको विस्ताराको जहाजमा अहिले जाँच हुँदै छ । दिउसो ४ः३० बजे काठमाडौंमा अवतरण भएको भिस्तारामा बम रहेको खबर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयमा प्राप्त भएको थियो । त्यसलगत्तै भिस्ताराको एयरबस ए– ३२० विमानलाई पार्किङ्गवेबाट अलगै राखेर सुरक्षा जाँच भइरहेको विमानस्थलले जनाएको छ ।

दिल्लीबाट अवतरण भएलगत्तै भिस्ताराको जहाजमा आएका सबै यात्रु, लगेज, कार्गो चेकजाँच भइरहेको विमानस्थल स्रोतले दियोपोस्टलाई जानकारी दिएको छ । प्रहरी र सेनाले अहिले जहाजलाई निगरानी गरेर जाँच गरिरहेका छन् ।

म्यासेज तथा कलमा भनिएअनुसार जहाजमा बम रहेको वा नरहेको भन्ने कुरा अहिले पुष्टि भइसकेको छैन । गत शुक्रबार दिल्लीबाट लन्डन गइरहेको भिस्तारा एयरलाइन्सको जहाजलाई बमले उडाइदिने धम्की दिइएको थियो । उक्त धम्कीपश्चात बिमानलाई जर्मनीको फ्याङ्फर्टमा अवतरण गरिएको थियो ।

सम्बन्धित खबर

सिफारिस