
काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्याय माग गर्दै बिहिबार राष्ट्रपती कार्यलय पुगेका रुवी खान समुहका तिन जनालाई प्रहरी पक्राउ गरेको छ । संविधानको किताब देखाउदै कुर्मीको न्यायको आवाज सहित उनीहरुले राष्ट्रपती कार्यालय अगडी विरोध जनाउन खोज्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सो समुहका सकिना तेली, ललिता थारु र अनिता थारु रहेको प्रहरीले जनाएको छ ।
बाँकेकी निर्मला कुर्मीको योजना बद्ध हत्याको घटनालाई लिएर २०७८ साल देखि न्यायको माग सहित रुवी खान समुह निरन्तर आन्दोलनमा छ । खान समुहको आन्दोलनले तिन वर्ष पार गर्दै गर्दा सरकारले भने न्यायको आशा देखाउदै चारपटक उनीहरु संग सम्झौता गरिसकेको छ ।