काठमाडौँ । जनक्रान्तिका माध्यमबाट परिवर्तनको नयाँ अभियानको सुरुवात आफ्नो नेतृत्वमा अघि बढने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
बेथिति विरुद्ध शनिबार काठमाण्डौंमा गरिएको बिरोध सभामार्फत प्रचण्डले यस्तो उद्घोष गरेका हुन । आफुहरुले अब युवाहरुलाई बन्दुक थमाएर होईन ? देशको उत्पादन बृद्धिको लागि उत्पादन तर्फका नयाँ सेना तयार गर्ने उनले बताएका छन् । प्रचण्डले भने “उमेरले आफु ७० वर्ष भए पनि फेरि दोस्रो क्रान्तिको सुरुवात गर्ने आँट आफूमा छ । मेरै नेतृत्वमा माओवादी केन्द्र पार्टीले उत्पादन सेना तयार गर्ने छ ।”
त्यस्तै, उपलब्धीको रक्षा लागि मात्र नभएर थप उपलब्धीका लागि पनि हालको निर्वाचन प्रणाली फेर्नु पर्नेमा उनले जोड दिएका छन् । उनले भने “प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र समानुपातिक प्रणालीबाट निर्वाचन कार्य अगाडी बढ्यो भने अहिलेको आवश्यक कार्य अगाडी बढाउने हो भने, मात्र देशमा भ्रष्टाचार मुक्त समाज बनाउन सकिने छ ।”