भ्रमपूर्ण विचार र सूचना सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न कास्की प्रहरीको अनुरोध

दियोपोस्ट संवाददाता  

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले टिकटक लगायत सामाजिक सञ्जालमा भ्रामक विचार, सूचना, समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ।

आइतबार प्रहरीले एक विज्ञप्ति जारी गर्दै भ्रामक एवं झुट्टा समाचार, गलत सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको हो ।

‘तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

कात्तिक ८ गते सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानको घेरामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थप गराउन लैजाँदा भ्रमक सूचनाहरू आएको कार्यालयले जनाएको छ।

TATA ADD