सभामुखमाथि बलात्कारको आरोप लगाउने महिला ज्ञानेन्द्र शाहीको अभियन्ता !

दियो पोस्ट  

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला ज्ञानेन्द्र शाही समर्थक रहेको पाइएको छ ।

उनको फेसबुकमा ज्ञानेन्द्र शाहीले संचालन गरेका कार्यक्रमहरु प्रचार प्रसार भएको देखिएको छ । केही समय अगाडी ज्ञानेन्द्र शाहीलाई प्रहरीको हिरासतबाट रिहा गर्नका लागि उनका अभियन्ताहरुले गरेको प्रचारप्रसार रोशनीको फेसबुकबाट पनि शेयर भएको देखिन्छ ।

सरकार र नेकपाका नेताहरुविरुद्ध लेखिएका समाचारहरुलाई उनले निकै नै महत्वका साथ प्रचारप्रसार गर्ने पाइएको छ । केही दिनअघि मात्र चितवनमा ज्ञानेन्द्र शाही निर्घात रुपमा कुटिएका थिए । ज्ञानेन्द्र कुटिएपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चरित्र हत्या हुने गरि निकै तल्लो स्तरका प्रतिक्रियाहरु सामाजिक संजालमा आएका थिए । रोशनीले समेत रेणु दाहाललाई विभिन्न आरोप लगाइृएका पोस्ट शेयर गरेकी छिन् । रेणु दाहालको फोटो राखिएको पोस्टलाई ‘अनुहार हेर्दै काँचै खाला जस्तो’ लेखेर शेयर गरेकी छिन् । उनले आफ्नो फेसबुकबाट गणतन्त्रको विरोध र राजतन्त्रकोे पुनस्थापनाका लागि गरिएका प्रचारप्रसार समेत शेयर गरेकी छिन् ।

रोशनी शाहीले फेसबुका शेयर गरेको पोस्ट

पछिल्लो समय ज्ञानेन्द्र शाहीले ‘नेपालका लागि नेपाली’ अभियानमार्फत सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको विरुद्ध खनिँदै आएका छन् ।

सभामुख महरालाई लगाइएको बलात्कारको आरोप नै शंकास्पद हुनसक्ने चर्चा चलिरहेको छ । नेकपाभित्र निकै शालिन र भद्र स्वभावका परिचय बनाएका महरामाथि लागेको आरोपले यतिबेला बजार तात्तिएको छ ।

रोशनी शाही भने आफुले कुनैपनि आरोप लगाएको नभई सत्य कुरा बोलेको बताएकी छिन् । आफुसंग सभामुख महराको भाँच्चिएको चस्मा र अरुपनि सबुतहरु रहेको बताएकी छिन् । श्रीमान बाहिर भएकै मौकामा महरा मदिरा लिएर ती युवतीको घरमा पुगेको आरोप ती महिलाको छ

सभामुख महराले भने आफुलाई फसाउन खोजिएको बताएका छन् । गएराति सभामुखको सचिवालयले निकालेको विज्ञप्तीमा ती महिलाले लगाएको आरोप खण्डन गरिएको छ ।

‘यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन,’ सचिवालयको विज्ञप्तिमा भनिएको छ,‘उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ ।’