रोशनी शाहीले भनिन्,‘मलाई प्रहरीले ९ घण्टा बन्धक बनाएर दबाव दियो’

Diyo post  

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने ससंद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले आफूलाई प्रहरीले ९ घण्टासम्म बन्धक बनाएको बताएकी छिन् ।


रोशनीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो खुलाशा गरेकी हुन् । शुक्रबार विहान हस्तलिखित प्रेस विज्ञप्ती जारी गरेर महरा निर्दोष रहेको भनी आफूले १५ असोजमा प्रहरीमा दिएको निवेदन नै आधिकारिक भएको समेत बताएकी छिन् ।


‘असोज १७ गते करिब ८ः४५ बजे प्रहरी बृत्त बानेश्वरले मलाई सोधपुछका लागि भनेर बोलाई करिब ९ घण्टासम्म बन्धक बनाई मनोवैज्ञानिक तथा मानसिक दबाव दिएर कृष्ण बहादुर महराले करणी प्रयास गरेको निवेदन दर्ता गर्न लगाइएको हो,’ रोशनीले विज्ञप्तिमा भनेकी छिन् ।

उनले आफूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न खोजेको तर प्रहरीले रोकेको दाबी गरिन् । उनले आफ्नो मानसिक स्वास्थ्य अवस्थाको गलत फइदा लिँदै पत्रकारले समेत बंग्याएर समाचार प्रशारण गरेको आरोप लगाएकी छिन् ।

रोशनीले लेखेको भनिएको विज्ञप्तिमा पत्रकार तथा हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीलाई साइबर क्राइममा मुद्दा हाल्ने चेतावनी समेत दिएकी छिन् ।

सम्बन्धित खबर