काठमाडौँ, असोज २६ । चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ताका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रस्थान गरेका छन् ।
आइतबार होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग वान टु वान वार्ता सकेर राष्ट्रपति स्वदेश फिर्ताका लागि विमानस्थल प्रस्थान गरेका हुन् ।
बेइजिङ फर्किनुअगाडी राष्ट्रपति सीले नेपाली प्रतिनिधिमण्डलसंग उच्चस्तरीय भेटवार्ता गरेका थिए । चिनियाँ र नेपाली प्रतिनिधिमण्डलसहितको उच्चस्तरीय भेटमा २० वटा सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ ।
त्यसैगरि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डसंग पनि सीले वान टु वान वार्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग १५ मिनेट वार्ता गरिसकेपछि राष्ट्रपति सी सोल्टी होटलबाट बाहिरिएका हुन् ।
उनि एयर चाइनाको विमानबाट बेईजिङ फर्किने छन् ।
शनिबार अपराह्न ४ बजे नेपाल आइपुगेका सीले २२ घण्टा भन्दा बढी समय बिताए ।
न् ।
आइतबार होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग वान टु वान वार्ता सकेर राष्ट्रपति स्वदेश फिर्ताका लागि विमानस्थल प्रस्थान गरेका हुन् ।