विमानस्थल तोडफोड गर्ने राजपा सांसद पक्राउ

विमानस्थल तोडफोड गर्ने राजपा सांसद  पक्राउ

काठमाडौँ, असोज २८ । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोद कुमार साह पक्राउ परेका छन् । सोमबार जनकपुर विमानस्थलस्थित वुद्ध एयरको काउन्टर तोडफोड गरेको अभियोगमा महानगरिय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले साहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट पक्राउ गरेको हो ।

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको भन्दै साह बिरुद्ध मुद्धा दायर गरिएको थियो । काउन्टर तोडफोडसँगै उनले त्यहाँका कर्मचारीहरुमाथि समेत अभद्र व्यवहार गरेका थिए ।

नागरिक उड्डयन प्राधिकरण जनकपुरको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सिर्जना गरेको भन्दै गैरसैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरेको थियो ।

उनलाई आजै जिल्ला अदालत धनुषामा पेस गरिने छ ।

Trending News