महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश

महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौँ, असोज २८ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश गरेको छ ।

मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायधीश दिपक कुमार दाहालको एकल इजलासले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

महरालाई पक्राउ गरिएको १० दिनपछि म्याद थपको लागि मंगलबार जिल्ला अदालत उपस्थित गराइएको थियो ।

महरा गत असोज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ गरेका थिए ।

अदालत खुलेसँगै महरालाई प्रहरीले मंगलबार बिहान महरालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।

Trending News