अन्यौलमा एनआरएन निर्वाचन, मतदान रद्धको माग गर्दै आचार्य समुहद्धारा नाराबाजी

Diyo post  

काठमाडौँ, असोज ३० । गैरआवसीय नेपाली संघ (एनआरएन) को मतदान पुन स्थगित भएको छ ।

फेक मतदाताले भोटिङ गरेको भन्दै कुल आचार्य समुहले विरोध गरेका छन् । उनिहरुले मतदान रद्ध गर्न माग गर्दै मतदानस्थलमा नाराबाजी गरेका छन् । मतदानस्थलमै नाराबाजी भएपछि स्थिति तनावग्रस्त भएको छ ।

गत मंगलबारदेखि संघको नवौँ नेपाली विश्वसम्मेलनको निर्वाचन पटकपटक प्रभावित बन्दै आएको छ । एनआरएनमा राजनीति प्रवेश भएको कारण नै मतदान प्रभावित भएको मतदाताहरु बताउँछन् । बुधबार मतदानस्थलमा झडपकै स्थिति सिर्जना भएको थियो । मतदानस्थलमा कुर्सीहरु तोडफोड भएका थिए ।

भोटिङ मेसिन बिग्रिएको भन्दै बुधबार स्थगित भएको मतदान विहीबार ११ बजेबाट शुरु भएको थियो । तर प्रतिनिधी भन्दा बाहिरका ब्यक्तिलाई समेत निर्वाचन समितिले मतदान गर्न दिएको भन्दै आचार्य समुहले बिरोध जनाएपछि मतदान रोकिएको हो ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित खबर