गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी

दियो पोस्ट  

काठमाडौं, कात्तिक १। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्षमा चुनिएका छन् ।

पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन्। मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि रहेका थिए ।

अध्यक्षका उम्मेद्धवार पन्तले मतगणना सम्पन्न भैसकेको भन्दै भेला हुन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

तर, मतगणनाको अन्त्यतिर आएपछि पन्तले आचार्यलाई निकै पछाडि पारे । पन्त संघका छैटो अध्यक्ष हुन् ।

यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल र भवन भट्टले संघको नेतृत्व गरेका थिए ।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो।

बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको हो ।