नमस्ते सुपादेउरालीको बस भारतको लखनउमा दुर्घटना, दर्जनौँ यात्रु घाइते

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ३ । नेपालबाट भारतको नयाँ दिल्लीका लागि छुटेको यात्रुवाहक बस लखनऊमा दुर्घटना भएको छ । शनिबार साँझ ५ बजे बुटलबाट छुटेको यूपी १७ एटी ४७५५ नम्बरको बस आइतबार बिहान भारतको उत्तरप्रदेशको लखनउमा ट्रक संग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा दुई दर्जनभन्दा धेरै यात्रुहरु घाइते भएका छन् । बसमा कति यात्रु सवार थिए भन्ने खुलासा भएको छैन । बसभित्रै टिकट काट्ने व्यवस्था भएको कारणले बसमा कति यात्रु सवार थिए भन्ने विवरण नआएको यातायात कम्पनी नमस्ते सुपादेउराली टुर एण्ड ट्राभल्सले जनाएको छ ।

बुटवल बेलहिया नाकाबाट ६३ जना यात्रु चढेका भएपनि विच विच बाटो बाट थप यात्रु चढेको हुन सक्ने अनुमान गरिएको छ । बसको क्षमता ८२ सिटको हो ।

दुर्घटनाको सुचना प्राप्त भएतापनी यकिन विवरण अझैसम्म नआइसकेको जिल्ला प्रहरी कार्यलय बाँकेले जनाएको छ । यस सम्वन्धमा बाँके प्रहरीले पनि आवश्य खोजविन गरिरहेको बताइएको छ ।

सिफारिस