बलात्कार प्रयासको आरोप लागेका महरा म्याद थपका लागि अदालतमा

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक ३ । निवर्तमान सभामुख कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालत उपस्थित भएका छन् । बलात्कारको प्रयासको आरोप लागेका महरालाई अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले आइतबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौँ उपस्थित गराएको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंमा बयान सकिएपछि साँझ ५ बजे महरालाई जिल्ला अदालत पुर्‍याइएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धानका लागि म्याद थप्‍न महरालाई अदालतमा उपस्थित गराइएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। यसअघि असोज २८ गते जिल्ला अदालतमा उपस्थित गराएका महरालाई ३ दिन म्याद दिइएको थियो। थप भएको म्याद शुक्रबार सकिएको थियो ।

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बलात्कार प्रयास गरेको आरोप लगाएकी छन्। महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्।

सम्बन्धित खबर