नेकपा सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश गरेको छ । आइतबार जिल्ला अदालत काठमाडौँले उनलाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको हो ।

सांसद गुरुङविरुद्ध पक्राउ जारी गरिएको पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यलय दोलखा पुगेपछि उनि आइतबार जिल्ला अदालत काठमाडौँ उपस्थित भएका थिए । अदालतले थुनछेक बहसपछि उनलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।

२०७४ को स्थानीय चुनावमा दोलखाकै वीरध्वज खड्कामाथि राजधानीको गौशलामा आक्रमण भएको थियो । सोही आक्रमणको जिम्मेवार गुरुङ रहेको भन्दै पीडितले उनिबिरुद्ध मुद्धा दायर गरेका थिए ।

एक बर्ष अघि नै पक्राउ पुर्जी जारी भएको भएतापनी सांसद गुरुङ भने राजनीतिक मुद्धा बताउँदै आएका छन् । गुरुङ प्रतिनिधिसभाको चुनावमा दोलखाबाट निर्वाचित सांसद् हुन्।