काठमाडौं, ३ कार्तिक । बलात्कारको प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई फेरी ५ दिन थुनामा राख्ने अनुमति प्रहरीले पाएको छ ।
जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई अनुमति दिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। आलतमा उपस्थित भएर संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि निवर्तमान सभामुख कृष्ण बहादुर महराले कुनै यौन दुर्व्यबहार नगरेको बयान दिएपनि प्रहरीले माग गरेको ५ दिन थप अनुसन्धान गर्ने म्याद पाएको छ ।
नर्भिक अस्पतालमा भर्ना भएका कारण महरासँग प्रहरीले बयान लिन पाएको छैन ।
न्यायधिश बाबुराम सुवेदी समक्ष उपस्थित भएकी रोशनीले आफूमाथि महराले कुनै दुर्व्यबहार नगरेको र महरासँग आफ्नो पारिवारिक सम्बन्ध रहेको बताएकी थिइन् ।