१० लाख अवैध युरोसहित रुपन्देहीबाट पाँच जना पक्राउ

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ४ । रुपन्देहीको सैनामैनाबाट १० लाख यूरोसहित ५ जना पक्राउ परेका छन् । सोमबार जिल्ला प्रहरी कार्यलय दाङबाट खटिएको प्रहरी टोलीले सैनामैना २ को सरौलीबाट उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ का गणेश सुनार रहेका छन् । उनीहरुको साथबाट ६ थान मोबाइल, वान मिलियन युरो लेखिएको त्रिभूजाकार र आयातकार धतु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनिहरुबाट बरामद गरिएको युरो १२ करोड ८० लाख रुपैयाँ बराबर हुन आउने बताइएको छ । बरामद रकम राष्ट्र बैंक पठाइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।