
काठमाडौँ, कात्तिक ५ । पछिल्लो समय विवादास्पद गीत गाएको अभियोगमा गायक दुर्गेश थापा पक्राउ परेका छन् । उनलाई महानगरिय अपराध महाशाखाको टोलीले काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो ।
दुर्गेश थापाले केही समयअघि सार्वजनिक गरेको ‘ह्याप्पी तिहार’ बोलको गीतलाई लिएर विभिन्न प्रतिक्रिया आएका थिए । गायक थापाले तिहारको संस्कृतीमाथि नै प्रहार गर्ने ढंगले गीत निकालेको भन्दै जिल्ला प्रशासन कार्यलय काठमाडौँमा उजुरी परेको थियो ।
उजुरी परेपछि जिल्ला प्रशासन कार्यलयले महानगरिय अपराध महाशाखालाई यसबारेमा अनुसन्धान गर्न निर्देशन दिएको थियो । थापालाइ पक्राउ गरि महानगरिय अपराध महाशाखा ल्याइएको छ ।
पक्राउ पछि थापाले गलत सन्देश प्रवाह गर्ने अंशहरु डिलिट गर्ने प्रतिवद्धता गरेको र डिलिट भएपछि उनलाई छाडीने महाशाखाले जनाएको छ ।