गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक ६ । गुल्मीको जयखानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका–३ जयखानीमा ४५५८ नम्बरको जिप दुर्घटना हुँदा गम्भिर घाइते भएका साही ठाउँका बासिन्दा ४८ बर्षीय झुमबहादुर बिकको उपचारका क्रममा मृत्यु भएको हो ।

उकालोमा जीपको ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनाका घाइते विकलाई उपचारको लागि पाल्पा मिशन अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

प्रहरीले जीपका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस