जनकपुरमा गोली चल्योः युवकको मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ६ । जनकपुरमा गोली चलेको छ । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित विद्युत प्राधिकरण नजिकै गोली प्रहार गरि एक युवकको हत्या गरिएको छ ।

गोली लागेर मृत्यु हुनेमा सोही स्थानका ४० बर्षीय मनोज साह रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई गोली हानेर हत्या गर्ने अभियुक्त पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा स्थानीय शंकर चौधरी रहेका छन् । उनलाई प्रहरीले अनुसन्धान थालेको छ ।