कास्की उपनिर्वाचनः साझा पार्टीबाट रजनी केसीको उम्मेदवारी

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक ६ । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आगामी मंसिरमा हुने उपनिर्वाचनमा रजनी केसीलाई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यतर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गरेकी थिइन् । त्यसबेला नै उनले टिकट पाउने अनुमान थियो ।

उनले वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासन पदबाट राजीनामा समेत दिएकी थिइन् ।