
काठमाडौँ, कात्तिक ६ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ धर्मस्थलीमा रहको विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते भएका छन् ।
बरणडामा बसेर खेल हेरिरहेका विद्यार्थीहरु अचानक बरण्डा भाँच्चिएपछि घाइते भएका हुन् ।
महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका लागि ल्याइएको छ । घाइते विद्यार्थी ६ देखि १२ वर्ष उमेरका छन् ।
उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।