आलम प्रकरणः यही ट्याक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्याइयो

आलम प्रकरणः यही ट्याक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्याइयो

काठमाडौँ, कात्तिक ७ । बुथ कब्जा गर्न तयार पापरपेको बम विस्फोटन हँदा मारिएका भनिएका ब्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ । बरामद ट्याक्टर अफ्ताव आलमका भाई मोहम्मद महताव आलमको भएको प्रहरीको दाबी छ ।

शुक्रबारको अन्नपुर्ण पोस्टमा फणि महतले लेखेका छन्– आलमको काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनिहरुलाई जलाएको आलममाथि आरोप छ ।

प्रहरीका अनुसार प्रमाण मेटाउने उद्धेश्यले उक्त ट्याक्टर आलमका भाई महतावले ०६७ असार २३ गते बेचेका थिए । ०५७ जेठ २४ मा महतावले आफ्नै नाममा खरिद गरेको ट्याक्टर ०६४ चैत २७ गते राति बम विस्फोटका घाइते तथा मृतक बोक्न प्रयोग भएको पीडित पक्षले दाबी गर्दै आएका छन् ।

प्रमाण नष्ट गर्नकै लागि ट्याक्टर बिक्री गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले बताए ।

Trending News