प्रधानमन्त्री ओली आज अजरबैजान जाने

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाँदै छन् । अजरबैजानको बाकुमा असंलग्न आन्दोलन १८ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लोका हुन् । कात्तिक ८ र ९ मा हुने राष्ट्रप्रमुखको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली अजरबैजानमा रहनुहुँदा त्यहाँका राष्ट्रपति इलहाम अलिएभले कात्तिक ८ गते आयोजना गर्नुहुने स्वागत तथा रात्रिभोजमा सहभागी हुनेछन् । उनले कात्तिक ९ गते सम्मेलनलाई सम्बोधन हुनेछन् ।
साथै प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिमण्डलका प्रमुखसँग दुइपक्षीय हितका विषयमा छलफल गर्नेछन् । उनी कात्तिक १० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

सम्बन्धित खबर