निर्मला हत्या प्रकरण : डिएनए परीक्षणमा त्रुटि भएको छानबिन समितिको ठहर

दियोपोस्ट संवाददाता

काठमाडौं, कार्तिक ७ । छानविन समितिले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको डिएनए परीक्षणमा त्रुटि भएको निष्कर्ष निकालेको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनएको नमुना परीक्षणमै त्रुटि भएकाले घटनामा डिएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्ष सहितको प्रतिवेदन तयार गरेको हो । समितिले मंगलबार गृहसचिव प्रेमकुमार राईलाई बुझाएको प्रतिवेदनमा अभियुक्तको वीर्य भनेर परीक्षण गरिएको नमुना वीर्य नै हो भन्न नसकिने अवस्था रहेको उल्लेख छ ।
चिकित्सक वा प्राविधिकको पसिना नमुनामा मिसिएको हुन सक्ने पनि प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनले डिएनएनमा मात्र भर नपरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खोलिदिएको छ ।

सम्बन्धित खबर