काठमाडौँ, कात्तिक ७ । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कात्र्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरको हो ।
कात्तिक १३ गते नेवार समुदायको भाइटिका पर्ने भएकोले सरकारले त्यस दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।
