
काठमाडौँ, कात्र्तिक ७ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको १८ औँ शीखर सम्मेलनमा भाग लिनका लागि अजरबैजान प्रस्थान गरे लगत्तै दैैनिक प्रशासनिक कामको लागि राष्ट्रपति विद्यादेवि भण्डारीले पोखरेललाई कार्यवाहक प्रधानमन्त्री तोकेकी हुन् ।
नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकेकी हुन् ।