काठमाडौँ, कात्तिक ७ । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अुनमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौँका न्यायधीश सुदर्शन पाण्डेको इजलासले महरालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको हो ।
महानगरिय अपराध महाशाखाले महरालाई बिहीबार अपराह्न म्याद थपको लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराएको थियो । अदालतको अनुमतीसँगै महराको तिहार प्रहरीको हिरासतमै बित्ने भएको हो ।
संसद सचिवालयकी एक कर्मचारीले बलात्कार प्रयास गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि महरालाई असोज १९ गते प्रहरीले बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ गरेको थियो ।
यसअघि काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन र त्यसपछि ५ दिनको म्याद दिएको थियो । उनी १८ दिनदेखि प्रहरी थुनामा छन्। पक्राउ गरेको दिनदेखि २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ।