
{"caption":"u092cu0922u0940 u0936u0941u0932u094du0915 u092bu093fu0930u094du0924u093eu0915u094b u092eu093eu0917 u0930u093eu0916u094du0926u0948 u092cu093fu0939u0940u092cu093eu0930 u0935u0940u0930u0917u0928u094du091cu092eu093e u092au094du0930u0926u0930u094du0936u0928 u0917u0926u0948 u0928u0947u0936u0928u0932 u092eu0947u0921u093fu0915u0932 u0915u0932u0947u091cu0915u093e u0935u093fu0926u094du092fu093eu0930u094du0925u0940 u0964 u0915u0932u0947u091c u092au0930u093fu0938u0930u092du093fu0924u094du0930 u0935u094du092fu0935u0938u094du0925u093eu092au0928u0932u093eu0908 u092eu093eu0917 u092cu093eu0930u0947 u091cu093eu0928u0915u093eu0930u0940 u0917u0930u093eu0909u0901u0926u093e u0917u0941u0928u094du0921u093e u0932u0917u093eu090fu0930 u0915u0941u091fu092au093fu091f u0917u0930u093eu090fu0915u094b u0935u093fu0926u094du092fu093eu0930u094du0925u0940u0932u0947 u0906u0930u094bu092a u0932u0917u093eu090fu0915u093e u091bu0928 u0964 u0924u0938u094du092cu093fu0930 u0903 u092du0942u0937u0923 u092fu093eu0926u0935/u0915u093eu0928u094du0924u093fu092au0941u0930","photographer":"","alt_text":""}
नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका विद्यार्थीहरुमाथि कलेज व्यवस्थापले हातपात गरेपछि सोको विरोधमा विद्यार्थीहरुले वीरगञ्जमा प्रदर्शन गरेका छन् । चितवनबाट आएका विद्यार्थीहरुसँगै नेशनल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले जुलुस निकाली प्रदर्शन गरेका हुन् ।
नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता गर, विद्यार्थीमाथि हातपात गर्नेलाई कार्यवाही गर जस्ता नारा लगाउँदै कलेज परिसरबाट निकालिएको जुलुस वीरगञ्जको विभिन्न भाग परिक्रमा गर्दै वीरगञ्जको घण्टाघर चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक चन्दले बढी लिएको शुल्क फिर्ता माग्दा कलेजका प्रबन्धक बरसुद्दीन अन्सारीलगायतका व्यक्तिहरुले आफूहरुमाथि हातपात गरेको आरोप बताए । उनले कलेजले चिकित्सा शिक्षा सङ्कायमा अध्ययनरत प्रतिविद्यार्थीबाट ५५ लाखदेखि ६२ लाखसम्म शुल्क लिएको प्रमाण आफूहरुसँग रहेको दाबी गगरे ।
सरकारले निर्धारण गरेकोभन्दा बढी शुल्क लिने नेशनल मेडिकल कलेजविरुद्ध आफूहरु ठगी मुद्दा हाल्ने संयोजक चन्दले जानकारी दिनुभयो । यसै विषयमा प्रबन्धक अन्सारीसँग बुझदा उनले बाहिरबाट आएका विद्यार्थीहरुले कलेज बन्द गराउन खोज्दा तिनीहरूलाई नेशनल मेडिकल कलेजमै अध्ययनरत ‘सिनियर’ विद्यार्थीहरुले कुटपिट गरेको बताउनुभयो । “चिकित्सा शिक्षा सङ्कायको शुल्कको विषय प्रतिनिधिसभामा छलफल भइरहेको र प्रतिनिधिसभाले जति शुल्क निर्धारण गर्छ हामी त्यति नै लिन्छौँ, बढी रकम फिर्ता हुन्छ”, प्रबन्धक अन्सारीले जानकारी दिए ।