घाइतेलाई ईट्टामा जिउँदै जलाउने कांग्रेस सांसद थप ८ दिन हिरासतमै रहने !

घाइतेलाई ईट्टामा जिउँदै जलाउने कांग्रेस सांसद थप ८ दिन हिरासतमै रहने !

काठमाडौं, ८ कार्तिक । नेपाली कांग्रेसबाट निर्वाचित रौतहट क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम फेरी ८ दिन हिरासतमै रहनुपर्ने भएको छ । जिल्ला अदालत रौतहटले आलमलाई थप ८ दिन हिरासतमा राख्न आदेश दिएको हो ।
शुक्रबार तेस्रो पटक ८ दिनको म्याद थप गरेपछि प्रहरीले थप ८ दिनसम्म अनुसन्धान गर्ने समय पाएको छ ।
आलमले ०६४ सालमा भएको संविधान सभा निर्वाचनको समयमा बम बनाउन लगाउने क्रममा घाइते भएका सर्बसाधारणरलाई जिउँदै इट्टा भट्टामा जलाएको खुलाशा भएको थियो ।

Trending News