कास्कीबाट स्व. रविन्द्र अधिकारीकी पत्नीलाई उम्मेदवार बनाउन नेकपाको सिफारिस

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा विद्या भट्टराईको नाम सिफारिस गरेको छ । भट्टराई तात्कालिन संस्कृती, पर्यटन तथा नागरिय उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुुन् ।

यससँगै कास्की दुईबाट प्रतिनिधि सभा निर्वाचनका लागि दुई जना महिला चुनावी मैदानमा उत्रिएका छन् । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले रजनी केसीलाई यसअघि नै उम्मेदवारको सिफरिस गरिसकेको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि चाँडै उम्मेदवार सिफारिस गर्नका लागि निर्वाचन आयोगले दलहरुको ध्यानाकर्षण गरिसकेको छ । निर्वाचन आयोगले सरकारलाई निर्वाचन आचारसंहिता लगाइसकेको छ ।

सिफारिस