
काठमाडौँ, कात्तिक ८ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्तीकरणी प्रयास आरोपको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलयमा बुझाइएको छ । २० दिन लगाएर तयार पारिएका प्रतिवेदन प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यलयमा बुझाएको हो ।
प्रतिवेदनमा महरालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यवहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ। अब महरामाथि सरकारी वकिलको कार्यालयमा पुगेको प्रहरी प्रतिवेदनको थप अध्ययन गरेर मुद्दा चलाउने वा नचलाउने भन्ने कुरा निक्र्यौल हुने बताइएको छ ।
संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा उजुरी गरेपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । त्यसअघि असोज २८ गते महरामाथि अनुसन्धानका लागि १३ दिनको म्याद थपिएको थियो ।