काठमाडौँ, कात्तिक ८ । चर्चित र्यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारेखमा रिहा भएका छन् ।
बिहीबार पक्राउ परेका भिटेनलाई साधारण तारेखमा रिहा गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय निकै अश्लील गीतहरु गाएको र समाजमा विकृती फैलाउन खोजिएको भन्दै भिटेनलाई बिहीबार महानगरिय अपराध महाशाखाको टोलीले जावलाखेलबाट पक्राउ गरि महानगरिय प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो ।
उनले आफ्नो फेसबुकमा प्रहरीको वर्दी लगाएर लागुपदार्थको सेवन गरेको तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेका थिए । सोही कारण पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । पक्राउ परेलगत्तै प्रहरीले ‘हामी यस्तै त हो नि ब्रो’ गीतलाई युट्युबबाट हटाउन लगाएको थियो ।