प्रधानमन्त्री ओलीले बहिनीहरु विष्णुमाया र कौशिलादेवीको हातबाट लगाए भाइटीका

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् ।

टीका लगाइदिएपछि उनीहरुले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै उनीहरुले प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइयदएका थिए ।
प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे ।

सम्बन्धित खबर