काठमाडौँ, कात्तिक १४ । कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० बर्षिय सुरज कुमार पाण्डे रहेका छन् ।
लक्ष्मिपुजाको मुर्ती विसर्जनको विषयलाई लिएर बुधबारदेखि कपिलवस्तुको कृष्णनगरमा स्थानियहरुबिच विवाद सिर्जना भएको थियो । विहीबारसम्म कृष्णनगर तनावग्रस्त भएपछि स्थानिय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियोे । स्थानिय प्रशासनले कर्फ्यू आदेश जारी गरेको र अवज्ञा गरेको कारण प्रहरीले गोली चलाएको थियो ।
प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ । स्थानीय वासिन्दाबीचको विवाद नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
बुधबार साँझदेखि सुरु भएको विवादले बिहीबार विहान झनै ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ । कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ
मूर्ति विसर्जन गर्ने क्रममा कुन बाटो हिँड्ने भन्ने विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।