महराविरुद्ध जबरजस्तीकरणीको मुद्धा दर्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ, कात्तिक १४ । जिल्ला सरकारी वकिलका कार्यलय काठमाडौँले निवर्तमान सभाभुख कृष्णबहादुर महराबिरुद्ध जबरजस्तीकरणीको मुद्धा दर्ता गर्ने निर्णय गरेको छ । सरकारी वकिल कार्यलयको निर्णयपश्चात आजै जिल्ला अदालतक काठमाडौँमा बलात्कारको मुद्धा दर्ता भएको छ ।

प्रहरी अनुसधान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले महरामाथि जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो। महरालाई लागेको अभियोगमाथि उनी पक्षका वकिलहरुले बहस गर्नेछन्। बहस सकिएपछि छुट्न सक्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने फैसला अदालतले गर्नेछ।

उनीमाथिको अभियोग प्रमाणित भए ५ वर्षसम्म जेल सजाय हुनसक्छ ।

मुलुकी फौजदारी संहिताले १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरे ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

जबरजस्ती करणी उद्योगको हकमा भने त्यसको आधि सजाय हुने व्यवस्था गरिएको छ । त्यसैले उनीविरुद्धको कसूर प्रमाणित भए ३ वर्ष ५ महिनादेखि ५ वर्षसम्म जेल सजाय हुनसक्छ ।

सम्बन्धित खबर