बलात्कार आरोपमा अनुराग कश्यपमाथि आज मुम्बई प्रहरीले सोधपुछ गर्ने !

दियो पोस्ट  

एजेन्सी, १५ असोज । अभिनेत्री पायल घोषले दिएको बलात्कार उजुरीमा मुम्बई प्रहरीले निर्देशक अनुराग कश्यपलाई आज पहिलोपटक सोधपुछ गर्ने भएको छ।

उनीमाथि त्यहाँको स्थानीय समय अनुसार आज बिहान ११ बजेदेखि सोधपुछ गरिनेछ।

सोधपुछ गर्न लागेकोमा पायलले ट्विट गर्दै मुम्बई पुलिसलाई धन्यवाद दिएकी छन्।

‘मुम्बई पुलिसलाई धन्यवाद। अनुराग कश्यपलाई सोधपुछ गर्न भोली वर्सोवा पुलिस कार्यालय बोलाइएको छ। आशा गर्छु, न्यायको जीत हुनेछु, पायलले बुधबार ट्विट गरेकी थिइन्।

पायलले निर्देशक कश्यपले सन् २०१३ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्।

कश्यपले भने आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै ‘आधारहीन’ भएको बताएका छन्।