बागमतीमा नयाँ भाडा लागु, उपत्यकामा न्यूनमत १८ रुपैयाँ

diyopost.com
दियो पोस्ट  सोमबार, कार्तिक ०१, २०७८ | १६:०७:४९

काठमाडौं । बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

नयाँ भाडादर अनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ । १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटर सम्म २७ रुपैयाँ, २० किलोमिटर सम्म ३० रुपैयाँ र २० किलोमिटर भन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ ।

यस्तै उपत्यका बाहेक साबिकको भाडादरमा प्रतिशत वृद्धि गरिएको छ । यो भाडादरमा यात्राले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सरसामान वा गुन्टा लैजान पाउनेछन् ।

सम्बन्धित खबर