८ अर्ब ठगीकाण्डमा पक्राउ परेका ईच्छाराजलाई छुटाउन एमालेका ‘मानव तस्कर’ पूर्वमन्त्री सक्रिय !

diyopost.com
दियो पोस्ट  शुक्रबार, कार्तिक ०५, २०७८ | २२:२१:४९

काठमाडौं । सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङलाई छुटाउन पूर्व प्रधानमन्त्री केपी ओली निकट व्यक्तिहरुले दबाव दिन थालेका छन् । नेकपा एमाले ओली समुहमा क्रियाशिल केही विवादस्पद मन्त्री तथा एमाले कार्यकर्ताहरु यतिबेला प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीमा धाउन थालेका छन् । उनीहरुले सिआइबी प्रमुख डिआइजी धिरजप्रताप सिंह माथि तामाङलाई छुटाउन दबाव दिएको पाइएको हो ।

सिभिल सहकारीका २२ सयभन्दा बढी बचतकर्ताहरुको सात अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप पक्राउ परेका तामाङलाई रिहा गर्न एमालेका तर्फबाट प्रदेश १ का पूर्व मन्त्री अमिर बाबु गुरुङ र एमालेकै १ नम्बर प्रदेश कमिटि सदस्य तथा विवादास्पद वकिल नानीबाबु बुढाथोकीले सिआइबीमा गएर तामाङलाई रिहा गर्न दबाव दिएको पाइएको हो ।

गत असोज १९ गते पक्राउ परेका १२ जनामध्येका नाइके मानिएका इच्छाराज तामाङलाई छाड्न एक नम्बर प्रदेशका पूर्वमन्त्री अमिर बाबु गुरुङले यही कात्तिकको १ गते सीआईबीमा पुगेर दबाब दिएका हुन् । कानुनी सहयोगीको रुपमा बुढाथोकीलाई लिएर सिआइबी पुगेका उनले तामाङलाई हाउजिङ गर्न अत्तरखेलको जग्गा बेचेको र त्यसबापत ३४ करोड रुपैयाँ लिन बाँकी रहेकाले उनलाई थुनामा राख्दा आफ्नो रकम डुब्ने हुँदा उनलाई छाड्न सीआईबी प्रमुख धिरजप्रताप सिंहलाई दबाब दिएका थिए । तर, उनको दबावका बाबजुत तामाङलाई हिरासतमै राखेर अनुसन्धान गर्न सिआइबीले थप १८ दिनको समय पाएको छ ।

कुपण्डोलमा मितेरी रेष्टुरेण्ट चलाएर त्यसका नाममा जीसी गरेर मानिस विदेश पठाउने धन्दा गर्ने वामदेव गौतम निकट मानिने सांसद गुरुङ अहिले एमालेका महासचिव ईश्वर पोख्रेलनिकट मानिन्छन्  । उनी र महासचिव पोख्रेल दुवै जना ओखलढुङ्गाबाट राजधानी छिरेका हुन् । उनले छाड्न दबाब दिएका तामाङ सिभिल बैंकको अध्यक्ष मात्र नभई पूर्वसांसद पनि हुन्  ।
त्यति मात्रै होइन २०५४ सालमा तत्कालिन गृहमन्त्री वामदेव गौतमको पालामा गुरुङमाथि विमानस्थलबाट सुन तस्करीको आरोप समेत लागेको थियो । उनी विमानस्थलमै बसेर तस्विर परिवर्तन गरि युरोपमा मानव तस्करी गर्ने धन्दाका समेत नाइके हुन् ।
प्रदेश नम्बर एकका पूर्व भौतिक पूर्वाधार मन्त्री अम्बिर गुरुङ मुख्यमन्त्री राईको सरकार गठनदेखि नै सांसद खरिदबिक्रीमा संलग्न पात्र हुन् । उनी ५० को दशकमा निकै विवादित थिए । रातो पासपोर्ट बिक्री गर्ने, खुमबहादुर खड्का, पारस साहका अति निकट भएर उनीहरुबाट संरक्षित थिए । खुमबहादुर र पारसलाई चाहिने सबै उपलब्ध गराउने अम्बिर गुरुङले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई काठमाडौंमा घर उपहार दिएर ओखलढुंगाको प्रदेश क बाट टिकट पाएको चर्चा चल्ने गर्छ ।

सम्बन्धित खबर