काठमाडौं । बागमती प्रदेश समन्वय परिषद् कतारले कोषको रकममा ठुलो आर्थिक अनियमितता गरेको आरोप लागेका एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानमाथि छानबिन गर्न माग गरेको छ ।
बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष राजेन्द्र देवकोटाले एनसीसी कतारको कोषमा रहको रकममा ठुलो आर्थिक अनियमितता गरेको आरोप लागेपछि उनीमाथि छानबिन गर्न माग गरेको हो ।
एनआरएन कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानमाथि श्रमिकहरूको हितको लागि सङ्घको कोषमा रहेको रकम र एनआरएन आइसिसीबाट प्राप्त रकमलाई समेत फर्जी बिल भौचर बनाएर एकलौटी रूपमा भ्रष्टाचार गरेको आरोप छ ।

बागमती प्रदेश समन्वय परिषद् कतारले मुसलमानमाथि कोरोनाको समयमा अक्सिजन प्लान्टको लागि सामाजिक संघ संस्थाहरुबाट उठाएको रकमलाई हाल सम्म पनि नेपालमा नपठाई व्यक्तिगत प्रायोजनका लागि प्रयोग गरेको आरोप लगाएका छन् ।
आरोप पुष्टि गर्ने प्रमाणहरू समेत रहेको भन्दै बागमती प्रदेश समन्वय परिषद् कतारले मुसलमानमाथि छानबिन गरी उचित कारबाही गर्न माग गरेको छ ।
एनआरएनए कतारका अध्यक्ष मुक्तदाद्धारा ठूलो घोटाला, द टनेल एण्ड लञ्च बारमा लगानी !