सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, सुक्रबार पनि बहस हुने

दियो पोस्ट  

काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उनीविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको हो ।

आरोपी सन्दीपका तर्फबाट आज आठ जना अधिवक्ताहरूले बहस गरेका थिए । गत सोमबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको सन्दीपविरुद्धको बलात्कारको मुद्दामा मंगलबारदेखि बयान सुरु भएको थियो । अहिलेसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ताले बहस गरिसकेका छन् ।

सन्दीपविरुद्ध गत भदौ २२ गते प्रहरी वृत्त गौशालामा बलात्कारको जाहेरी परेको थियो । उनलाई असोज २० गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।

१७ वर्षीय नाबालिग किशोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

*सुक्रबार हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ । 

                                                                    -सम्पादक

सम्बन्धित खबर