रवि लामिछाने नेतृत्व पार्टीको वाचा: गरिबलाई रासन कार्ड उपलब्ध गराउने (पूर्णपाठ)

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गरिबलाई रासन कार्ड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बिहीबार सार्वजनिक चुनावी घोषणापत्रमा गरिबीको रेखामुनि रहेका नागरिक तथा परिवारलाई आधारभूत खाद्यान्न पुर्‍याउन रासन कार्डको व्यवस्था गरिने उल्लेख छ ।

यसैगरी, न्यून आय भएका परिवारलाई सहयोग पुग्ने गरी हरेक वडामा खाद्य केन्द्र सञ्चालन गर्ने स्वतन्त्र पार्टीको प्रतिबद्धता छ । वार्षिक रूपमा सरकारको आठौँ तहको तलबमान बराबरसम्म कमाउनेले आयकर तिर्न नपर्ने व्यवस्था गर्ने उसको संकल्प छ ।

निजीक्षेत्रमा श्रम अनुसार पारिश्रमिक उपलब्ध गराउन न्यूनतम पारिश्रमिक हाल कायम रहेको १५ हजारलाई मूल्यवृद्धिसँग समायोजन गरेर घण्टा अनुसार पारिश्रमिक भुक्तानी प्रणाली कडाइका साथ लागू गर्ने स्वतन्त्र पार्टीको प्रतिबद्धता छ ।

मानव बेचविखनमा परेका, घरेलु हिंसा पीडित, दुर्व्यवहारमा परेका, एसिड आक्रमण पीडित व्यक्तिको पुनःस्थापनका लागि ५ अर्बको ‘करुण कोष’ स्थापना गर्ने घोषणापत्रमा प्रतिबद्धता जनाएको छ । स्वतन्त्र पार्टीले नागरिकलाई राज्यको अभिभावकत्व महसुस हुने गरी सामाजिक सुरक्षाको दायर बढाएर लक्षित वर्गलाई समेट्ने वाचा पनि घोषणापत्रमा गरेको छ ।

यस्ताे छ घोषणापत्र:

सिफारिस