न्यायाधीशसँग २ करोड रुपैयाँ ‘घुस डिल’ गर्ने रुद्र पोखरेल एमालेको चुनावी प्रचार प्रसारमा

दियो पोस्ट  

काठमाडौं । न्यायाधीशसँग घुस डिल गर्ने नेपाल बार एशोशिएशनका निवर्तमान कोषाध्यक्ष रुद्र पोखरेल नेकपा एमालेका नेतालाई जिताउन चुनावी प्रचार प्रसारमा भेटिएका छन् ।

ठगी मुद्दामा हाल जेलमा रहेका सिभिल समुहका अध्यक्ष ईच्छाराज तामाङ्गको मुद्दामा सेटिङ्ग मिलाइदिने भन्दै जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग २ करोड रुपैयाँको घुस डिल गरेका थिए ।

उनले घुस डिल गरेको अडियो समेत सार्वजनिक भएपछि उनलाई कारबाही गर्न नेपाल बार काउन्सिलले म्याद नै जारी गरेको थियो । तर, काउन्सिमा हाजिर नभई फरार रहेका पोखरेल नेकपा (एमाले)बाट मोरङ ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकालकाे पचारप्रसारमा हिँडेको तस्विर फेला परेको छ ।

न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्ने विषयमा २ करोड घुस लेनदेनको डिल भएको अडियो असार ८ गते सार्वजनिक भएको थियो ।

अभिवक्ता पोखरेलले न्यायधीस कोइरालासँग टेलिफोनमा, ‘‘प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु । तपाईँ डराउनु पर्दैन । किन डराएको ? यस्तो मौका कहिले आउँछ ? अरु मान्छे कत्रो गरेर बसेका छन् । ‘माथि मैले मनाएर तपाईँलाई संकेत आएन भने नगरिस्यो । माथिबाट म गराउँछु । सामान पनि म लिन्छु । अलि राम्रै ढंगले लिऊँ । यो अवसर सधैं आउँदैन, हेरिस्यो है ।’

‘यिनीहरुका सबै च्यानल हावा खाए । खासमा दरिलोसँग यिनीहरु जानै सकेनन् । माथिबाट उ पनि भएर आउँछ । तपाईँको आदेश सदर भएर ल्याउनेसम्मको जिम्मा मेरो भयो । तपाईं किन आत्तिएको ?’ भनेका थिए ।

सो अडियो सार्वजनिक भएसँगै नेपाल कानुन व्यवसायी परिषद्ले महान्यायधिवक्ता खम्बबहादुर खातिको नेतृत्वमा छानविन समिती गठन गरेको थियो । सो छानविन समितिले अधिवक्ता पोखरेललाई स्पष्टीकरण समेत सोधेको थियो । स्पष्टीकरणमा पोखरेलले अडियोको आवाज आफ्नै भएको तर सोही आवाजलाई तोडमोड बनाएर नियतबस फसाउन खोजेको बताएका थिए ।

तमाङविरुद्ध ६ अर्ब रकम ठगीको मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस भइरहँदा न्यायाधीश कोइराला र वकिलबीच कुराकानी भएको थियो । यद्यपि, सो मुद्दामा तामाङलाई पुर्पक्षका लागि जेल पठाउने आदेश भईसकेको छ । उक्त आदेश भएपपछि अडियो सार्वजनिक भएको हो ।

सिफारिस