विप्लव नेतृत्वको नेकपालाई चुनाव नबिथोल्न गृहमन्त्री खाँणको चेतावनी

दियो पोस्ट  

काठमाडौं। गृहमन्त्री बालृष्ण खाँणले चुनाव बहिस्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई चुनाव नबितोल्न चेतावनी दिएका छन् ।

झापाको बिर्तामोडमा शनिबार विप्लवका नेता तथा कार्यकर्ताले चुनाव बहिष्कारको नारा सहित जुलुस निकालेपछि खाँणले  यस्तो चेतावनी दिएका हुन् ।

मसाल जुलुस सकिए लगतै कोणसभामा बोल्दै वैकल्पिक केन्द्रीय सदस्य प्रशान्त थापाले मंसिर ४ को चुनाव जनता र देशको हितमा नभएकोले  चुनाव बहिष्कार गर्नुपर्ने बताएका थिए ।

मंसिर ४ को चुनाव खारेज गर्न विप्लव सहित तीन कम्युनिष्ट पार्टीले केही दिनअघि निर्णय गरेका थिए ।

सिफारिस