काठमाडौं । यो क्षेत्रमा गठबन्धनको तर्फबाट डा.बाबुराम भट्टराईकी पुत्री मानिुषी यामी भट्टराईले उम्मेदवारी दिएकी छन् । माओवादीको चुनाव चिह्न हँसिया हतौडा लिएर मानुषी पहिलोपटक संसदीय चुनावमा होमिँदैछन् । त्यसो त नेकपा (एमाले)मा बागी उमेदवारी परेका कारण यस निर्वाचन क्षेत्रले चर्चा पायो ।
०७० र ०७४ मा काठमाडौं–७ बाट निर्वाचित रामवीर मानन्धरले बागी उमेदवारी दिएका छन् । एमालेले यस निर्वाचन क्षेत्रमा श्यामकुमार घिमिरेलाई उमेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उमेदवारी दिएका हुन् । तर, गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीयहरू बताउँछन् । यसले गठबन्धनलाई फाइदा हुने देखिएको छ ।