चर्चित गायक प्रकाश दुतराजद्धारा आत्महत्या प्रयास

दियो पोस्ट  

काठमाडौं । छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक प्रकाश दुतराजले आत्महत्या प्रयास गरेका छन् ।
सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।

गायिका भूमिका गिरीसहित दूतराज सांगीतिक कार्यक्रमका लागि अक्टोबर २० मा अष्ट्रेलिया गएका थिए । उनीहरु दुवैलाई आयोजकले एउटा फ्ल्याटमा राखेको थियो ।त्यही फ्ल्याटको सुत्ने कोठामा दूतराजले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।

उनको कोठाको  ढोका खुल्ला थियो । झुण्डिने प्रयासकै क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उनलाई रोकेकी थिइन् ।

दूतराजको अवस्था अहिले सामान्य रहेको स्रोतले बताएको छ । उनले आत्महत्या प्रयास गर्नुको कारण भने खुलाएका छैनन् ।

उनले गाएका ‘रेलिमाई’,‘घर कता हो बैनीको’, ‘जाम भो माइली’,‘चोली मैलै भो’ लगायतका गीतहरू चर्चित छन् ।

सम्बन्धित खबर