काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। प्रचण्डले एकैदिन कालिकोट,जुम्ला र हुम्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उनी मंगलबार बिहान जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गरेलगतै हुम्लामा पुगेर सम्बोधन गर्ने भएका हुन् । साथै दिँउसो कालिकोटकोमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको माअेवादी केन्द्रले बताएको छ ।